गोलबजारका विपन्न परिवारलाई राहत प्रदान

३ जेठ, जनकपुरधाम । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले छाक टार्न समस्या भएका सिरहाको गोलबजारका सयजना विपन्न तथा कोरोना संक्रमित परिवारलाई राहत प्रदान गरिएको छ । भोर नामक संस्थाले गोलबजार नगरपालिकाको दोहबटिया र जमदह भांगबारी टोल, लहान नगरपालिकाको मनहर्वा र सर्लाहीमा गरी एक सयजना अति विपन्न र कोरोना संक्रमित परिवारलाई एकीकृत खाद्यान्न तथा संरक्षण […]

सम्बन्धित सामग्री

पञ्चकन्या समूहका डिलरको सहयोग

औद्योगिक समूह पञ्चकन्याको प्लाष्टिक सेक्सन अन्र्तगत उत्पादित विभिन्न प्लास्टिकका सामान बिक्री वितरण गर्दै आएका डिलरहरुको अग्रसरतामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा स्थापित खाद्य बैंकलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । दैनिक ज्यालादारी मजदुर, गरीब तथा विपन्न वर्गका व्यक्तिलाई लकडाउनको अवधिमा जीविकोपार्जन गर्न कष्टकर भएको अवस्थालाई मध्यनजर गर्दै गरिब विपन्न परिवारलाई खाद्य बैंकमार्फत राहत प्रदान होस भन्दै हस्तान्तरण गरेको खाद्यान्न राहत संयोजक तथा किसान ट्रेडिङ बुटवलका प्रोप्राइटर बलराम भट्टराईले बताए ।

३ हजार ५ सय परिवारलाई राहत

कोरोना संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरेका हुन । विपन्न परिवारको जीविका सञ्चालनका लागि राहत प्रदान गरिएको स्थानीय तहले बताएका छन् । जिल्लाका नौ स्थानीय तहअन्तर्गत एक गाउँपालिकाबाहेक सबैले राहतलाई प्राथमिकता दिएका छन् । ऐरावती गाउँपालिकाले राहत प्याकेजलाई अगाडि बढाएको छैन ।