औद्योगिक समूह पञ्चकन्याको प्लाष्टिक सेक्सन अन्र्तगत उत्पादित विभिन्न प्लास्टिकका सामान बिक्री वितरण गर्दै आएका डिलरहरुको अग्रसरतामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ मा स्थापित खाद्य बैंकलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
दैनिक ज्यालादारी मजदुर, गरीब तथा विपन्न वर्गका व्यक्तिलाई लकडाउनको अवधिमा जीविकोपार्जन गर्न कष्टकर भएको अवस्थालाई मध्यनजर गर्दै गरिब विपन्न परिवारलाई खाद्य बैंकमार्फत राहत प्रदान होस भन्दै हस्तान्तरण गरेको खाद्यान्न राहत संयोजक तथा किसान ट्रेडिङ बुटवलका प्रोप्राइटर बलराम भट्टराईले बताए ।