मिडियाका लगानीकर्ताहरूको संस्था नेपाल मिडिया सोसाइटी र रेडियो ब्रोडकास्टर्स फोरम नेपाल तथा नेपाल विज्ञापन संघले मिडियामा मदिराको विज्ञापन छाप्न पाउनुपर्ने तर्क राखेको छ । विज्ञापन बोर्डले मदिरा र सूर्तीजन्य पदार्थको विज्ञापन तत्काल नहटाए कारबाही गर्ने चेतावनी दिएपछि संयुक्त विज्ञप्ति जारी गर्दै यी तीन संस्थाले आपत्ति नै जनाएका छन् । कुनै ऐनको हवाला दिएर सरोकारवालासँग सामान्य छलफल समेत् नगरी यस्तो विज्ञप्ति आउनु दुःखद् भएको र भर्खरै कोभिडको मारबाट थलिएको मिडिया तथा विज्ञापन उद्योगको व्यवसाय