इलामको रोङको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

इलामको रोङ गाउँपालिकामा नेपाली काँग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीनसय २२ मत पाएका छन् ।उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छिन् । उनले काँग्रेसकी कल्पना देवी खनाल (भण्डारी)लाई पराजित गर्दै भुजेल पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाएकी

सम्बन्धित सामग्री

बुद्धशान्तिको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन् । उनले ११ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरिन् । उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गरे ।

सुनसरीको बर्जुमा एमाले विजयी

सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरेकी छन्।छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा काँग्रेस विजयी भएको छ ।

लिखुतामाकोसीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

जिल्लाको लिखुतामाकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

रोल्पाको त्रिवेणीमा एमाले विजयी

रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा लेखमणि डाँगी निर्वाचित भएका छन्।त्रिवेणीमा नेकपा माओवादी केन्द्र विरुद्ध काँग्रेस र एमालेले गठबन्धन गरेपछि अध्यक्षमा एमाले बाँठा मगरले ५०८५ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा काँग्रेसका लेखमणि डाँगीले ४५७६ मत ल्याएर विजयी भएका छन्। यस्तै अध्यक्षमा माओवादी केन्द्रका रेशम पुनले ४४६३ मत र उपाध्यक्षमा भागीसरा बन्दीपुरे खड्काले ३८६५ मत ल्याएर पराजित भएका छन्। यसअघि अध्यक्ष र उपाध्यक्ष दुवै एमाले जितेको थियो। यस

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।

कास्कीको मादीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका देविजंग गुरुङ विजयी भएका छन् । उनले ६५८४ मत  ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव बहादुर गुरुङ महेन्द्रले ५७५० मत ल्याएर पराजित भए ।यस्तै उपप्रमुखमा एमालेकी कल्पना गुरुङ ५८२८ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले ५६१६ मत ल्याएर पराजित भए ।

सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

ओखलढुंगाको मोलुङ गाउँपालिकामा एमाले विजयी

मोलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा उत्तम राई ४ हजार ५२ मत ल्याउदै विजयी भएका हुन् । राईका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन दाहालले ३४ सय ६२ मत मात्र ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडाले ४२ सय मत ल्याएर विजयी भइन् । खतिवडाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका  कुलबहादुर खत्रीले २ हजार ९६ मत ल्याएका छन् । आठ वटा वडा रहेको मोलुङ गाउँपालिकाको  १ मा एमालेका कमल वानिँया, २ मा काँग्रेस

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसबाट नवराज के.सी ४ हजार ७१५ मतका साथ विजयी भएका हुन् । दोस्रो भएका एमालेका उम्मेदवार खड्गबहादुर कार्कीले ४ हजार ५६० मत प्राप्त गरे । उपाध्यक्षमा भने एमालेकी दिलमाया मगर निर्वाचित भइन् । उनले ४ हजार ५१३ मत प्राप्त गर्दा काँग्रेसकी कृषा पुलामीले ४ […]

बैतडीको शिवनाथको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा (एमाले) का शकुन्तला साउद विजयी भएका छन् ।  अध्यक्षमा कर्णले ३ हजार १ सय ६५ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हजारी साउदले २ हजार ८ सय ४९ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका शकुन्तला साउदले २ हजार ८ सय १७ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्रसिंह साउदले २ हजार ६ सय ७९ मत ल्याएका छन् ।  ६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा(माओवादी केन्द्र) ले विजय हासिल ग