काठमाडौं । लघुबीमा व्यवसाय गर्न स्थापना भएका लघुविमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् । सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीमध्ये ५ ओटाले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट धमाधम पारित गरेका छन् ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले फागुन २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् ।
त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले फागुन १६ गते र नेपाल माइक्रो इन्स्योरेन्सले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने गत आर्थिक वर्षको साधारण सभा बोलाएको छैन ।
नेपाल बीमा प्राधिकरणले सातओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
लघु जीवनबीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स पाएका थिए ।
त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।
१ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ […]
१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]
काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]
काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]
काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]
काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]
साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]