जुजु धौ बनाउँदै भक्तपुरका व्यवसायीहरु । असार १५ मा रोपाइँ मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ ।
भक्तपुरको जुजु धौ विश्वप्रसिद्ध रहेको छ । दहीका पारखीहरु मात्र होइन, सर्वसाधारण जोसुकैलाई यहाँको दहीले मन लोभ्याउने गर्दछ । जुजु धौको लोकप्रियताले नै यसको व्यवसाय पनि फस्टाएको छ । भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो । तस्वीर : रासस