संसदले दोस्रोपटक प्रमाणीकरणको लागि पठाएको नागरिकता विधेयक शितल निवासमै ‘होल्ड’ भएपछि राजनीति तरंगित भएको छ । संसदले पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था पालना नगरेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको एकथरीको टिप्पणी छ । अर्काथरीले भने नागरिकता विधेयकमा रहेका केही गम्भीर प्रावधान सच्याउनको लागि राष्ट्रपतिले दिएको सुझावलाई सत्ता गठबन्धनले पूरै बेवास्ता गरेर बहुमतको बलमा जस्ताको तस्तै पठाएको विधेयक होल्ड गरेर राष्ट्रपतिबाट राष्ट्रियताको पक्षमा उचित निर्णय भएको प्रतिक्रिया दिएका छन् ।राष्...