१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको ‘सम्मानजनक निकास’ को प्रस्तावको थप व्याख्या माग गरेका छन् । उनीहरुले सोमबार तीन न्यायाधीशमार्फत ‘सम्मानजनक निकास’को प्रस्तावको व्याख्या हुनुपर्ने सन्देश प्रधानन्यायाधीश जबरासमक्ष पठाएका छन् । आइतबार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीशले आफूलाई केही समय दिनुपर्ने बताएका थिए […]