काठमाडौं : नेपाली हिन्दुहरूको महान चाड शुभ दीपावलीको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापती समुदाय पाला बनाउन व्यस्त भएका छन्। तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापती समुदाय व्यस्त भएका हुन्। गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापती समुदायलाई फुर्सद छैन।परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन्। काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरूको माग आएपछि सो समुदायलाई