तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।
सर्लाही । तिहारको चहलपहल शुरु भएसँगै कुमाले समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले गाँउगाँउमा कुमाले समुदाय व्यस्त भएका हुन् । यसरी बनाएको दियो र पालाहरु साप्ताहिक हाट बजारमा लगेर बेच्ने गरिन्छ । माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिन्चाजस्ता सामानको माटोका भाँडा बनाउने […]