कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि प्रदेश–१ सरकार पनि पूर्वतयारीमा आक्रमक रूपमा लागेको छ ।
प्रदेश सरकारले मोरङको मिक्लाजुङ गाउँपालिका–५ को टाँडीमा २ सय बेडको क्वारेन्टाइन तयार पारेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाली सेनाले टाँडीको जंगल क्षेत्रमा आइसोलेसन बेड तयार पारेको हो । प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले पहिलो चरणमा टाँडीस्थित यसअघि जनमुक्ति सेनाको क्याम्प रहेको स्थानमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो । सेनाले १ सयवटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको जनाएको छ ।