५०० मत गन्दा फेरि विश्वप्रकाशले प्रदीप पौडेललाई पछाडि पारे, गगनको अग्रता कायमै

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् । ५०० मत गन्दा गगनले ३२५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १८५, प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३ र मीनेन्द्र रिजालले ८६मत प्राप्त गरेका छन् । राजाराम कार्कीको पक्षमा १२ मत परेको छ । महामन्त्रीका लागि  एउटा मतपत्रमा दुईवटा सम्म मत दिने पाउने व्यवस्था छ । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ । सभापतिमा श...

सम्बन्धित सामग्री

३१ सय २० गणनामा गगनले २ हजार ३७ ल्याउँदा अरूको कति

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। ३१ सय २० मत गन्दा गगनले २ हजार ३७ मत ल्याएका छन्। यस्तै, विश्वप्रकाश शर्माले १२ सय ५५, प्रकाशशरण महतले १०२४, प्रदीप पौडेल ९३५, डा मीनेन्द्र रिजाल ५४६ र राजाराम कार्कीले ७५ मत ल्याएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।कडा सुरक्षाबीच कांग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ : गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मिनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७

१५२० मत गन्दा गगनको ९८५, विश्वप्रकाशले पनि अग्रता बढाए

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ।१५२० गन्दा गगन थापाले ९८५ मत ल्याएका छन्। यस्तै, प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४७, विश्वप्रकाश शर्मा ६०३, मीनेन्द्र रिजाल २५४, राजाराम कार्की ४७ मत प्राप्त गरेको निर्वाचन समितिको सचिव केशव रिजालले जानकारी दिए।

एक हजार २० मत गन्दा गगनको ६५८, अरू कसले कति ल्याए?

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। एक हजार २० मत गन्दा गगनले ६५८ मत ल्याएका छन्। यस्तै, विश्वप्रकाश शर्माले ४०४, प्रशाशरण महतले ३४२, प्रदीप पौडेल ३२०, डा मीनेन्द्र रिजाल १७५ र राजाराम कार्कीले २९ मत मत ल्याएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए।कडा सुरक्षाबीच कांग्रेस पार्टी कार्यालयमा मतगणना जारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

महामन्त्रीमा गगनको अग्रता कायमै, दोस्रो स्थानमा विश्वप्रकाश बलियो

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । १५ सय २० मत गन्‍दा थापाले ९८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ६०३ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा प्रदीप पौडेल र डा.प्रकाशशरण महतको […]

६ सय मत गन्दा गगन थापाले ल्याए करिब ४ सय मत

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ। ६ सय मत गन्दा गगनले ३८९ मत ल्याएका छन्। यस्तै, डा प्रकाशशरण महत १९३, प्रदीप पौडेल २०६, डा मीनेन्द्र रिजाल १०८, डा राजाराम कार्की १८ र विश्वप्रकाश शर्मा २२९ मत ल्याएका छन्।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

झण्डै १५ सय मतगणना सकिँदा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ । झण्डै १५ सय मत गन्दा उहाँले ९५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ६६० मत छ । यसैगरी डा. प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४९, डा.मिनेन्द्र रिजाल २७५ र डा.राजाराम कार्कीको ४६ मत छ ।  अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ । सभापति शेरबहादुर ...

महामन्त्रीमा गगनको अग्रता कायमै, एक हजार मत गन्दा दोस्रो स्थानमा विश्वप्रकाश

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । १०२० मत मत गन्दा थापाले ६८५ मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ४०४ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा […]

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ । महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ३०० सय मत गन्दा २०० मत पाएका छन् । दोस्रोमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच उच्च प्रतिस्पर्धा देखिएको छ । पद्रीपले ११० मत ल्याउँदा विश्वप्रकाशले १०४ […]