झण्डै १५ सय मतगणना सकिँदा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ । झण्डै १५ सय मत गन्दा उहाँले ९५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ६६० मत छ । यसैगरी डा. प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४९, डा.मिनेन्द्र रिजाल २७५ र डा.राजाराम कार्कीको ४६ मत छ ।  अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ । सभापति शेरबहादुर ...

सम्बन्धित सामग्री

काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै, एमालेका भट्टराई ४ सय ४४ मतले पछाडि

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत पाउनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४ सय ४४ मतसहित अगाडि हुनुहुन्छ । राजन भट्टराईले अहिलेसम्म १५ सय ८१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले १९८ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका अर्चन शमशेर राणाले ८१ मत पाउनुभएको छ । यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको ...

महामन्त्रीमा गगनको अग्रता कायमै, दोस्रो स्थानमा विश्वप्रकाश बलियो

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । १५ सय २० मत गन्‍दा थापाले ९८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ६०३ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा प्रदीप पौडेल र डा.प्रकाशशरण महतको […]