पञ्जाबले भारतीय जनता पार्टीलाई तीन नयाँ कृषि कानूनका विषयमा स्पष्ट धारणा दिएको छ । राज्यमा भएको स्थानीय निर्वाचनमा भाजपा ध्वस्त भएको छ । उसका बहालवाला विधायकको क्षेत्रमा समेत उम्मेदवारहरू हारेका छन् । अनि यी शहरी क्षेत्रका निर्वाचन हुन् । अझ ग्रामीण पञ्जाबलाई कृषि कानूनले प्रत्यक्ष असर पारेको छ र गाउँलेहरू बढी आक्रोशित छन् ।...