सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रवार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट गरेको छ ।
किसान आन्दोलन मुद्दाको सम्बोधनको विषयमा जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग छलफल गरेका हुन् ।
निरन्तर किसान आन्दोलन चलाएको जनमत पार्टीले उच्चस्तरीय समिति गठनको माग गरेको छ ।