काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित गण्डकी पूर्वका केही ठाउँमा राति मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी परेको छ ।
ठूलो पानी परेका कारण काठमाण्डौका वाग्मती, विष्णुमति लगायत काठमाण्डौबाहिरका अरु नदी खोलानालामा बाढी आएको छ । तर कुनै पनि नदी खोलामा अहिलेसम्म पानीको सतह खतराको तहभन्दा माथि नपुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति ठूलो पानी परे पनि अहिले हल्का पानी मात्र परेको छ । दिउँसो र बेलुकीपख प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा केहीबेर ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जन...