साना उद्यमीलाई सहुलियत

आर्थिक र सामाजिक उत्थानका लागि साना तथा मझौला उद्योगको भूमिका महत्त्वपूर्ण हुन्छ । विकसित मुलुक हुन् वा विकासोन्मुख, यस्ता उद्योगले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा निर्यातमा सघाइरहेका हुन्छन् ।

सम्बन्धित सामग्री

महिला उद्यमीलाई वित्तीय पहुँच आवश्यक

ग्लोबल इक्विटी फन्डले यूएसएडको ट्रेड एन्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा महिलाहरूले सञ्चालन गरेको उद्यमलाई सघाउने गरी ५० करोड रुपैयँाको कोष सञ्चालनमा ल्याएको छ । वित्तीय सेवाको पहुँच पुर्‍याएर महिला उद्यमीको व्यवसायलाई माथि उकास्ने उद्देश्यले ग्लोबल इक्विटी फन्डले औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । महिलाहरूले वित्तीय पहुँच पाउन समस्या भइरहेको सन्दर्भमा यस्तो फन्ड सञ्चालनमा आउनु सकारात्मक छ ।  कोषले महिला उद्यमीलाई न्यूनतम ५० लाख रुपैयँादेखि अधिकतम ५ करोड रुपैयँासम्म सहयोग गर्ने बताइएको छ । व्यवसायको आवश्यकता र मागअनुसार उद्यममा लगानी गर्ने कोषको भनाइ छ । खासगरी लघु, साना तथा मझौला उद्योगमा लगानी गर्ने कोषले बताएको छ । यस्तो उद्योगमा ५१ प्रतिशत महिलाको स्वामित्व रहेको, नेतृत्वदायी भूमिकामा वा बोर्डमा ३० प्रतिशत महिला हुनुपर्ने, ३० देखि ५० प्रतिशत महिला रोजगारी हुनुपर्नेलगायत मापदण्ड तय गरिएको छ । नेपालमा महिलाहरूले लघु, साना तथा मझौला उद्योगहरू सञ्चालन बढी गरेको पाइन्छ । यस्तोमा उनीहरूको वित्तीय समस्यामा सहयोग पुग्नु भनेको महिला उद्यमशीलताका लागि निकै सहयोग हो ।  महिला उद्यमशीलतालाई सघाउन सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगतमा महिला उद्यम विकास कोष सञ्चालन गरिएको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त सहुलियत कर्जाअन्तर्गत महिला उद्यमशीलताका लागि बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । महिलाहरूलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिइएको छ । तर, धितो राख्ने सम्पत्ति नहुँदा तथा कर्जाका लागि आवश्यक प्रक्रिया पुर्‍याउन नसक्दा महिला उद्यमीहरूले सहजै कर्जा पाउन सकेका छैनन् । नेपालमा महिलाहरूले आफ्नो शीप र स्थानीय स्रोत प्रयोग गरेर लघु उद्यमहरू गरिरहेको पाइन्छ । तर, यस्ता उद्यमलाई विस्तार गर्न बजारीकरणको समस्या एकातिर छ भने अर्कातिर उनीहरूले लगानी बढाउन स्रोत पाइरहेका छैनन् । साथै प्रविधिको पहुँच नहुँदा वा उद्योगको प्रस्ताव तयार पार्न नजान्दा पनि सरकारले दिएको सहुलियत उपयोग गर्न सकेका छैनन् । त्यसैले महिला उद्यमशीलता बढाउने हो भने उनीहरूलाई वित्तीय पहुँच सहज रूपमा पुर्‍याइनुपर्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजारभन्दा बढी महिला उद्यमीमा ५८ अर्बभन्दा बढी कर्जा प्रवाह भएको छ । यो संख्या ठूलो भए पनि लेखपढ कमजोर भएका, औद्योगिक प्रक्रिया नजानेका महिलाहरूले कर्जा लिएको पाइँदैन । उनीहरूलाई कर्जा प्रवाह गर्न विशेष नीति लिनु आवश्यक देखिन्छ । यसका लागि कोषले थप काम गर्नुपर्ने देखिन्छ ।  मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ ।  खासगरी उत्पादन, गुणस्तर, बजार, आपूर्ति, कम्पनीको हिसाबकिताब आदि पक्षबारे जानकारी नभएका महिलाहरूले पनि परम्परागत शीप र स्थानीय स्रोतको प्रयोग गरी थोरै पूँजीमा उद्यम गरिरहेका छन् । त्यसको विस्तार गर्न उनीहरूसँग पूँजीको अभाव छ । यस्ता उद्यमीहरूले बैंकले दिएको कर्जाबारे जानकार नभएको, जानकारी भएर पनि झन्झटपूर्ण प्रक्रियाका कारण कर्जा विमुख भएको अवस्था छ । यो कोषले यस्ता महिलालाई सहयोग गर्नुपर्छ । पूँजीको सहयोगमात्र पर्याप्त नहुने हुँदा उद्यमशीलतासँग सम्बद्ध अन्य विषयबारे पनि उनीहरूलाई तालीम र ज्ञान दिनु आवश्यक देखिन्छ । मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । स्थानीय स्रोतको प्रयोग हुने भएकाले स्थानीय अर्थतन्त्रमा पनि टेवा दिन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ ।

महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा

बिर्तामोड– मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा प्रदान गरेको छ । मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो व्यावसायिक पशुपालन, तरकारी खेती, सिलाइबुनाइ सहुलियत कर्जा उपलब्ध गराएको संघका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । मेचीनगरका वडानम्बर ६, ८ र ९ का महिलाले […]

युवा उद्यमीलाई सहुलियत ऋण

व्यवसाय गरिरहेका र गर्न चाहनेका लागि जिल्लाभर सहुलियत ऋण दिन सुरु भएको छ । स्थानीय तहको रोहवरमा विभिन्न वाणिज्य बैंकहरूले ऋण दिन थालेका हुन् । विभिन्न सहकार्य समूहमार्फत समूहका सदस्यले व्यक्तिगत रूपमा ऋण पाइरहेका छन् ।

तिलाका १५० उद्यमीलाई सहुलियत कर्जा

जुम्लाको तिला गाउँपालिकाका १५० नव उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गरिने भएको छ। आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन्। गाउँपालिकाले...

कास्कीका महिला उद्यमीलाई मेगा बैंकको सहुलियत कर्जा

मेगा बैंकले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ कास्कीसँग सम्झौता गरेको छ ।सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरे । सम्झौता पश्चात् बैंकले संघसँग आवद्ध उद्यमी महिलालाई व्यवसाय विस्तार गर्नको लागि […]

कास्कीका महिला उद्यमीलाई मेगा बैंकको सहुलियत कर्जा

मेगा बैंकले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ कास्कीसँग सम्झौता गरेको छ ।सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरे । सम्झौता पश्चात् बैंकले संघसँग आवद्ध उद्यमी महिलालाई व्यवसाय विस्तार गर्नको लागि […]

‘मौद्रिक नीतिबाट साना उद्यमीलाई सहज’

काठमाडौं, (नेस) नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति जारी गरेको मौद्रिक नीति विगतको भन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । गत वर्षको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनर्कर्जा लघु, घरेलु तथा साना उद्यमीले कमै मात्र प्राप्त गर्न सफल भएको अनुभव रहेको जनाउ“दै महासंघले अज्ञानवश वा झण्झटिलो संयन्त्रका […]

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्किएकालाई सहुलियत कर्जा दिने

काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आयआर्जनलाई […]

२५ हजार महिला उद्यमीलाई सहुलियत कर्जा

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या २५ हजारभन्दा बढी पुगेको छ । गत असारको तुलनामा यो करिब चार गुणा बढी हो ।