काठमाडौं : सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने जानकारी अमेरिकी सरकारलाई पठाएको छ। परराष्ट्र मन्त्रालयले यस सम्बन्धी जानकारी कुटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई लिखित रुपमा जानकारी गराइएको परराष्ट्र मन्त्री नारायण खड्काले जानकारी दिए।
संसदमा उठेको प्रश्नको जवाफ र सभामुखको रुलिङअनुसार मन्त्री खड्काले शुक्रवार संसदलाई जानकारी दिएका हुन्।
'यसलाई कार्यान्वयन गरेको…