भारतले सहयोग स्वरूप नेपाललाई दियो १५० वटा आइसीयू बेड

काठमाडौं। भारतले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आज १ सय ५० वटा आइसीयू बेड सहयोग गरेको छ। नेपालको लागि भारतीय राजदूत विनय मोहन क्वात्राले एक समारोहबीच ती सामाग्री कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्। कोरोना विरुद्धको लडाइँमा यसअघि भारतले नेपाललाई हालसम्म अनुदान सहयोगमा ११ लाख कोरोना खोप दिइसकेको छ।

सम्बन्धित सामग्री

भारतले नेपाललाई दियो १५० आइसीयू बेड

भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५०  आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गरेका हुन् । आइसीयू हस्तान्तरण कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीसँग जुध्न भारत लगायत अन्य छिमेकी राष्ट्रलाई सहयोग गर्न आग्रह गरे । भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्रै नभएर जनता–जनता बीचमा समेत निकट सम्वन्ध रहेको उनले बताए । कोर