विद्यालयलाई हप्तामा २ दिन बिदा नदिन भक्तपुर नगरपालिकाकाे निर्देशन

काठमाण्डाै – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले आज सूचना निकालेर  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको हो ।  सरकारले जेठ एक अर्थात् आजदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि नगरपालिकाले आज सूचना निकालेर अर्को सूचना नआएसम्म विद्यालय बन्द नगर्न भनेको हो । शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना क...