स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । स्थानीय तहलाई संविधानले अधिकार सम्पन्न बनाएको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनले फरकफरक आयाम पनि स्थापित गरेको छ ।काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र