चौबीस वर्षे युवा नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादनमा
काठमाडौंको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ ।
कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि विदशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर …
के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन।‘कानुनी प्रक्रिया पुर्याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, &lsquo
काठमाठडौं । केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त रु यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। ‘कानुनी प्रक्रिया पुर्याएरै दर्ता गर्छन्। […]
कैलाली, भदौ १२ । धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृत्यु भएको हो। स्यानिटाइजर के कारणलेसेवन गरे भन्नेबारे खुलेको छैन।
काठमाडौं।कोरोना महामारीबीच नेपालमा एक वर्षको अवधिमा ६५ करोडभन्दा बढीको स्यानिटाइजर भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड १३ लाख ४९ हजार रुपैयाँको २० लाख ९६ हजार ७२ केजी स्यानिटाइजर नेपाल भित्रिएको छ।अघिल्ला आर्थिक वर्ष २०७६/७७ मा २४ करोड ५४ लाख ६९ हजार रुपैयाँको ५ लाख ३० हजार ९८९ केजी स्यानिटाइजर नेपालले आयात गरेको थियो।
काठमाडाैं।नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको हो।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए।
ललितपुर – नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रूपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलकाे शीतल हाइटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्च...
एजेन्सी। अमेरिकाको मेरिल्यान्डमा एक व्यक्तिले चुरोट पिउँदै स्यानिटाइजर दल्न खोज्दा कारमा आगो लागेको छ। न्युयोर्क पोस्टका अनुसार, ह्यान्ड स्यानिटाइजर दल्दै गर्दा कारमा आगो लागेको हो। यसअघि टेक्सासमा एक महिलाले स्यानिटाइजर हातमा दल्दै मैनबत्ती बाल्न खोज्दा उनको हात जलेको थियो। स्यानिटाइजरमा अल्कोहलको मात्रा अधिक हुने हुनाले आगोले छिट्टै टिप्ने गरेको छ।
डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर एक लिटर र ७५ मिलिलिटर, आर्या फार्माल्याब प्रालिको क्लिन वेल इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर ५ सय र १ सय एमएलको स्यानिटाइजर न्यून गुणस्तरको पाइएको हो।