चुरोट पिउँदै स्यानिटाइजर लगाउँदा कारमा आगो लाग्यो

एजेन्सी। अमेरिकाको मेरिल्यान्डमा एक व्यक्तिले चुरोट पिउँदै स्यानिटाइजर दल्न खोज्दा कारमा आगो लागेको छ। न्युयोर्क पोस्टका अनुसार, ह्यान्ड स्यानिटाइजर दल्दै गर्दा कारमा आगो लागेको हो। यसअघि टेक्सासमा एक महिलाले स्यानिटाइजर हातमा दल्दै मैनबत्ती बाल्न खोज्दा उनको हात जलेको थियो। स्यानिटाइजरमा अल्कोहलको मात्रा अधिक हुने हुनाले आगोले छिट्टै टिप्ने गरेको छ।

सम्बन्धित सामग्री

ओठमा चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा विस्फोट भयो कार

अमेरिकाको मेरील्यान्डमा कारभित्र बसिरहेका एक व्यक्तिले ओठमा बलिरहेको चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा विस्फोट भएर कार खरानी भएको छ ।    फेडरल प्लाजा शपिङ सेन्टरको पार्किङ लटमा बिहीवार अपराह्न कारमा बलिरहेको चुरोट र स्यानिटाजरको सम्पर्कले विस्फोट गराएको हो ।  चुरोटको झिल्कोले स्यानिटाइजरलाई टिपेपछि कार पड्केको मन्टगोमरी काउन्टी फायर यान्ड रेस्क्युले जनायो ।  कालो टोयोटा कारमा आगो लागेपछि अग्निनियन्त्रकहरूले त्यसलाई निभाएका थिए ।  तर कार क्षतिग्रस्त भएको छ र कारचालकको हात र तिघ्रा डढे...