अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकालाई

काठमाण्डाै – अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । हिजो भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३–१ ले जितेको हो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला जित्न सफल भएको छ । कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय ५९ रनको मध्यम लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ५० ओभरमा २ सय ५४ रन बनाउँदा अलआउट भयो । अष्ट्रेलियाका डेभिड वार्न...

सम्बन्धित सामग्री

एकदिवसीय क्रिकेट श्रृंखला : यूएईविरुद्ध आज निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं : घरेलु टोली नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शुक्रवार यूएईसँग तेस्रो तथा अन्तिम प्रतिस्पर्धा गर्दैछ।बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरू हुने खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।नेपाल र यूएईबीचको यो खेल श्रृंखलाको निर्णायक खेल हो। यसअघि भएका खेलमा नेपाल र यूएई १–१ को बराबरीमा छन्।पहिलो खेलमा यूएई ले नेपाललाई ८४ रनले हराएको थियो। दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको थियो।दुवै टोली श्रृंखलामा २–१ को जित हात पार्ने दाउमा

एकदिवसीय क्रिकेट श्रृंखला : आज नेपाल र यूएईबीच दोस्रो खेल

काठमाडौं : नेपाल र यूएईबीचको दोसो एकदिवसीय क्रिकेट बुधबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि हुनेछ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ। नेपाल भने आजको खेल जित्दै खेल बराबरीमा रोक्न चाहन्छ। दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ।

नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै

काठमाण्डाै – नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदैछ । नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् । पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुनेछ । केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालकाे कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।

जिम्बावेसँगको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियालाई

जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला अष्ट्रेलियाले एक खेल अगाडि नै जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोली अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले हरायो । जितसँगै आईसीसी विश्वकप सुपर लिग अन्तर्गतको श्रृंखलामा अष्ट्रेलियाले २–० को अग्रता बनाएको छ । जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका स्टिभ स्मिथले अविजित ४७ रन जोडे । एलेक्स केरी २६ रनमा अविजित रहे । त्यस्तै डेभिड वार्नरले १३ रन बनाए । जिम्बावेका रिचार्ड एनगाराभाले २ विकेट लिए । त्यसअघि पहिले ...

शिखरको स्थानमा राहुललाई कप्तानी, यस्तो छ जिम्बावेविरुद्धको भारतीय टिम

जिम्बावे विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला खेल्ने टिममा फेरबदल भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कप्तानीमा फेरबदल गरेको हो ।

वेस्टइन्डिजविरुद्धको एकदिवसीय श्रृंखला भारतकाे पाेल्टामा

वेस्टइन्डिजविरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ । बिहीबार भएको अन्तिम एकदिवसीय क्रिकेटमा वेष्टइन्डिजमाथि ९ विकेटको जित निकाल्दै श्रृंखला भारतले ३–१ ले जितेको हो । पहिलो एकदिवसीय क्रिकेट भारतले आफ्नो पोल्टामा पार्दा दोस्रो भने ‘टाइ’ भएको थियो । तेस्रो खेल जित्दै श्रृंखला १–१ म...

श्रीलंकासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जित्यो

श्रीलंकासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । चौथो एकदिवसीय खेलमा डकवर्थ लुइस नियम अनुसार १८ रनको जित हात पार्दै पाहुना टोली इंग्ल्याण्डले श्रृंखला जितेको हो । चोथो खेलमा २ सय ७४ रनको लक्ष पाएको इग्ल्याण्डले २ विकेट गुमाएर १ सय ३२ रन बनाएको अवस्थामा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएक...

इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट श्रृंखलामा अष्ट्रेलिया ५–० ले पराजित

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले क्लिनस्वीप गरेको छ । पाँचौ तथा अन्तिम खेलमा १ विकेटको जित हात पार्दै इग्ल्याण्डले श्रृंखलाका सबै खेल जितेको हो । म्यान्चेष्टरमा भएको खेलमा २ सय ६ रनको लक्ष्य इग्ल्याण्डले ९ बल बाँकी हुँदै ९ विकेट गुमाएर भेट्टाएको हो । इग्ल्याण्डलाई जिताउन जोस बटलरले नटआउट १ सय १० रन बनाए । ...