विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

काठमाडौं, असोज २६ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात […]

सम्बन्धित सामग्री

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा...

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...