सर्लाही : हरिवन नगरपालिका–९ नयाँ रोडमा मंगलम डेरी एण्ड फुड्स इन्डस्ट्रिज सञ्चालनमा आएको छ। शुक्रवारदेखि सञ्चालनमा आएको उक्त दुग्ध उद्योग मधेश प्रदेशमै ठूलो रहेको सञ्चालक राघव सिंहले दाबी गरेका छन्।सञ्चालक सिंहका अनुसार उद्योगमा १० करोड रुपैयाँ लगानी भएको छ। उद्योगले अत्याधुनिक प्रविधिको उपयोग गरी गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ। दैनिक १६ हजार लिटरभन्दा बढी दुधका विभिन्न परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रशासनले जनाएको छ।उद्योगबाट छुर्पी,