नेपाली सेनाले लमजुङका विभिन्न ठाउँमा १५ हजार ७ सय ५० बिरुवा रोपेको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार सेनाको बेंसीसहर नगरपालिका २, श्रीस्वाँरामा प्रस्तावित ब्यारेकमा पुगेर वृक्षरोपण कार्यको सुरुवात गरेका थिए । उनले एभोकाडोको बिरुवा रोपेका थिए । सेनाको सहयोगमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला अस्पतालको प्राङ्गणमा वृक्षरोपण गरेका थिए ।