महालक्ष्मी विकास बैंकको काठमाडौं बौद्ध तीनचुले शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अनुसार सो शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । बैंकले तिनचुली–आरुबारी सडक खण्डमा वृक्षारोपण गरेको जनाएको छ ।बैंकले खाली ठाउँमा वृक्षारोपणका साथै बोटबिरुवाको संरक्षण गरेर प्राकृतिक सन्तुलन तथा शहरी सुन्दरता बढाउन सहयोग गरेको […]