दुर्गा भवानी प्राथमिक विद्यालय : एक विद्यार्थी एक शिक्षक

कुश्मा । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको […] The post दुर्गा भवानी प्राथमिक विद्यालय : एक विद्यार्थी एक शिक्षक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

सर्लाही : निर्वाचनको समयमा आलोपालो गरी नियमित विद्यालय सञ्चालन गर्नुपर्नेमा सर्लाहीका कतिपय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू विद्यालय बन्द गरी भोट माग्नमा व्यस्त भएका छन्।सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ४ कविलासीस्थित श्री प्राथमिक विद्यालय कविलासीका प्रधानाध्यापक रामेश्वर यादव बिना सूचना विद्यालय बन्द गरी सर्लाही क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महिन्द्र राय यादवको हरिपुर्वामा आयोजित चुनावी सभामा सहभागी भएका छन्।बिना सूचना विद्यालय बन्द गरेपछि विद्यालय

पुल नहुँदाको पीडा : काँधमा विद्यार्थी बोकेर लैजान्छन् प्रधानाध्यापक र शिक्षक

काठमाडौं : कम्मरसम्म खोलाको पानी। लौराको सहायताले एक छात्रालाई काँधमा बोकेर खोला तार्दै छन् शिक्षक। छात्राको हातमा कापी छ। अरु विद्यार्थी खोलापारि बगरमा कुरिरहेका छन्। यो तस्वीर यतिखेर सामाजिक सञ्जालमा भाइरल छन्।  ज्यानको जोखिम मोलेर यसरी विद्यार्थी खोला तार्ने मानिसहरू हुन् चेतबहादुर घले र अरु शिक्षकहरू। घले मकवानपुर जिल्लाकाे बकैयास्थित काला भैरव प्राथमिक विद्यालय धेत्रे दमारमाका प्रधानाध्यापक हुन्। विद्यार्थीलाई परीक्षा दिन खोला तारेर लैजाँदै गरेको तस्वीरले यतिखेर सर्वसाधा

हुम्लाकाे एक विद्यालय: जहाँ तीन शिक्षकले पढाउँछन् छ विद्यार्थी

सिमकोट – हुम्लाकाे एक विद्यालयमा छ जना विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीलाई पढाउनकाे लागि विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेका छन्। स्थानीयले आफ्ना बालबालिकाे अध्ययनकाे लागि गाउँ बाहिरका विद्यालय राेज्न थालेपछि त्यहाँ विद्यार्थीको सङ्ख्या वर्षेनी घट्दै गएको हो। सिमकोट गाउँपालिका-३ को गुम्बा गाउँकी नाक्साल लामाले हिमगिरी प्राथमिक विद्यालय लिमाटाङमा हाल छ जना विद्यार्थीले अध्ययन गर्दै […]

सरकारलाई बोझ बन्न थाले रोल्पाका सामुदायिक विद्यालय

२६ असार, रोल्पा । रोल्पा नगरपालिका-७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४, कक्षा दुई र तीनमा मा पाँच୵पाँच जना विद्यार्थीले अध्ययन गर्छन । विद्यालयमा प्रावि स्थायी शिक्षक एक, निजी स्रोत शिक्षक दुई, बालविकास शिक्षक एक […]

पठनपाठन चलिरहेको बेला विद्यालय भत्कियो, ९ विद्यार्थी घाइते

पठनपाठन  चलिरहेका  बेला  विद्यालय  भवन भत्किँदा  जाजरकोटको बोरकोटको  एक  विद्यालयका  विद्यार्थी  घाइते  भएका  छन् । बोरकोट गाउँपालिका–२,  लिम्सास्थित  वीरेन्द्र  प्राथमिक  विद्यालय  भत्किँदा  शुक्रबार अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् । विद्यालयका  शिक्षक  कालीप्रसाद  थापाले  बाल  विकास  कक्षा  सञ्चालन हुँदै  आएको  भवनको  भित्ता  शुक्रबार  दिउँसो  पढाइ...

सल्यानका ५४ ओटा विद्यालयमा फोनबाट पठनपाठन शुरु

असार १, सल्यान । सल्यानका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको छ ।  कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको निषेधाज्ञाको समयमा जिल्लाका ६ ओटा स्थानीय तहका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको हो ।  अहिले विद्यार्थी सिकाई सहजिकरणका लागि अभिभावकको फोन सम्पर्कबाट बालबालिकाहरुको पठनपाठन शुरु गरिएको हो । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ५४ ओटा विद्यालयमा पठनपाठन शुरु भएको हो ।  जसमा शारदा नगरपालिकाका १० ओटा, बागचौर नगरपालिकाका ६ ओटा, सिद्धकुमाख गाँउपालिकाका ५ ओटा, छत्रेश्वरी गाँउपालिकाका १४ ओटा, त्रिवेणी गाँउपालिकाका १० ओटा र कपुरकोट गाँउपालिकाका ९ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु गरिएको हो । जसमा कक्षा १ का ८४२ जना र कक्षा २ का ९६८ जना गरेर जम्मा १ हजार ८१० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत बावुराम पोख्रेलले जानकारी दिए ।  उनले निषेधाज्ञाको समयमा अभिभावकहरुसँग घरमै रहेका बालबालिकाहरुलाई उनीहरुको पढाइलेखाइलाई निरन्तरता दिन कठिनाई भएको अवस्थामा फोनबाट नै पठनपाठनको शुरु गरिएको जानकारी दिए । ‘बालबालिकाहरुलाई फोनबाट नै पढाउन र सिकाउन मिल्ने कुराहरु सिकाई रहेका छौँ, यस कार्यमा अभिभावहरुको पनि राम्रो सहयोग प्राप्त भएको छ’ उनले भने ‘सिकाईलाई निरन्तरता दिनको लागि फोनलाई नै वैकल्पिक विधिको रुपमा लिएका छौँ ।’ सिकाई जहाँ पनि जहिले पनि, भन्ने मान्यतालाई आत्मसात गर्दै पठनपाठन शुरु गरिएको उनको भनाइ छ । जसका लागि शिक्षकले विद्यार्थीलाई फोनमार्फत गर्नसक्ने शिक्षणसिकाई सहयोग एक वैकल्पिक शिक्षण सिकाई माध्यम कार्यान्वयन निर्देशिका तयार गरी ती विद्यालयका १०८ जना शिक्षक शिक्षिकाहरुलाई अभिभुखिकरण गरिएको थियो । यसबाट उनीहरुले फोनबाट नै विद्यार्थीहरुलाई नेपालीभाषा शिक्षणको सिकाई क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।   विद्यार्थीहरुको पढाइ निरन्तरताको लागि फोन विधिबाट सञ्चालन गरिएको पठनपाठन कार्य महत्वपूर्ण भएको कृष्ण माध्यामिक विद्यालय पोखरीकाँडा की शिक्षिका सिता लम्सालले बताइन् । लामो समयदेखि घरमा बसिरहेका बालबालिकाहरुको सिकाईमा निरन्तरता दिन र विद्यार्थीहरुले पढेको कुरालाई नबिर्सिउन भन्नको लागि यो कार्य महत्वपूर्ण भएको उनको भनाइ छ । विद्यालय बन्द भएको अवस्थामा बालबालिकालाई के पढाउने, कसरी पढाउने भनेर अभिभावकहरु अलमलमा परेको अवस्थामा वैकल्पिक पठनपाठन विधि उपयोगि भएको सिर्जनशिल प्राथमिक विद्यालय लेखटाकुरा की शिक्षिका मिना गिरीले बताइन् । उनले अभिभावकहरुको सम्पर्कबाट पठनपाठन गराउन पाउँदा थप सजिलो भएको बताइन् ।

यस्तो ठाउँ जहाँ विद्यालय छ, विद्यार्थी छैनन्

बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ ।  सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास श...

सल्यानका तीन विद्यालय एक साताका लागि बन्द

मेघा रेउलेसल्यानका शिक्षक र विद्यार्थीहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीनवटा विद्यालय एक साताका लागी बन्द गरिएको छ ।जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा रहेका प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय अम्रा विद्यालय बन्द गरिएको प्रभाकर माविका प्रधानाध्यापक शिखर यरीले जानकारी दिए । यरीका अनुसार शिक्षक र विद्यार्थी गरी १६ जनामा […]

कोरोनाका बेला कर्णालीमा कतै पढाइ सुचारु कतै बन्द

त चैत्र ११ गतेबाट कोभिडको कारण देखाउँदै देशभरका विद्यालय बन्द भए । यही मेसोमा हुम्ला जिल्लाका पनि अधिकांश विद्यालय बन्द भए । तर, यही जिल्लाको हिमाल पारी, लिमी उपत्यकामा भने विद्यालय नियमित सञ्चालन भए । यहाँको नाम्खा गाउँपालिका वडा नम्बर ६ को हल्जी गाउँमा सुनखानी प्राथमिक विद्यालय छ । अभिभावकहरुले विद्यालय बन्द हुन दिएनन् । विद्यार्थीका आमाहरु पालैपालो विद्यालयमा आए । खानेकुरा बनाउँदै विद्यार्थीलाई खुवाए । समुदायले व्यवस्था गरेका शिक्षकले नियमित शिक्षण गरे । हल्जी गाउँको नियम अनुसार विद्यालय बिहानैबाट सञ्चालन हुने भएपछि विद्यार्थी र शिक्षकलाई बिहानको खाना विद्यालयमै पकाएर खुवाउने गरिएको दुई बच्चाकी आमा सोनामपुटी तामाङले बताईन । नेपाली राम्रोसंग नबुझ्ने तामाङले विद्यालयका शिक्षक मार्फत भनिन “छोराछोरीको पढाई राम्रो बनाउन यस्तो गरिएको हो ।” हुन पनि महामारी शुरु भएपछि गाउँमा नयाँ मानिस आउन पाएनन । गाउँकाहरु पनि अन्यत्र गएनन् । कोरोना महामारी फैलिए पछि आफ्नो गाउँमा यसको असर नभएपछि समुदायले विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गर्यो ।

चट्याङबाट दुर्इ विद्यार्थीको मृत्यु, शिक्षकसहित १६ घाइते

सुर्खेत : जिल्लाको चिङ्गाड गाउँपालिका ४ स्थित  प्राथमिक विद्यालय धनापानीमा चट्याङ लागेर दुईजना विद्यार्थीको मृत्यु भएको छ भने एकजना शिक्षक र कार्यालय सहयोगीसहित अन्य १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा कक्षा ३ मा ६ वर्षीय विद्यार्थी अम्मरबहादुर चन्द र  ७ वर्षीया निर्मला चन्द रहेका छन्। अाइतबा...