पुल नहुँदाको पीडा : काँधमा विद्यार्थी बोकेर लैजान्छन् प्रधानाध्यापक र शिक्षक

काठमाडौं : कम्मरसम्म खोलाको पानी। लौराको सहायताले एक छात्रालाई काँधमा बोकेर खोला तार्दै छन् शिक्षक। छात्राको हातमा कापी छ। अरु विद्यार्थी खोलापारि बगरमा कुरिरहेका छन्। यो तस्वीर यतिखेर सामाजिक सञ्जालमा भाइरल छन्।  ज्यानको जोखिम मोलेर यसरी विद्यार्थी खोला तार्ने मानिसहरू हुन् चेतबहादुर घले र अरु शिक्षकहरू। घले मकवानपुर जिल्लाकाे बकैयास्थित काला भैरव प्राथमिक विद्यालय धेत्रे दमारमाका प्रधानाध्यापक हुन्। विद्यार्थीलाई परीक्षा दिन खोला तारेर लैजाँदै गरेको तस्वीरले यतिखेर सर्वसाधा