काठमाडाैं : नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लाने तयारी भएको छ। शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ। आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन्। नेपाल प्रहरीको एक टुकुडीले उहाँको सम्मानमा सलामी अर्पण गर्नेछ।&nb