विश्व बैंकले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिद्धर ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।
मंगलवार ग्लोबल इकोनोमिक प्रस्पेक्ट रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो ।
कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र सुस्त भएको अवस्थामा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो ।
सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । यद्यपी चालू आर्थिक वर्षमा अर्थतन्त्र चलायमान बनिसकेको अवस्था छैन ।
कोरोनाका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र ठप्प भएकाले सरकारको ल...