नेपालको आर्थिक वृद्धिदर ४.१ % रहने आईएमफको प्रक्षेपण

वैशाख १३, काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमफ) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ  । आईएमफले यो वर्ष नेपालका लागि बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एशियाली विकास बैंकले यसअघि गरेको प्रक्षेपणको निकट रहेर  आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । यसअघि विश्व बैंकले पनि ३ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो । तर सरकारले भने बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । आइएमएफका अनुसार एशियाली भेगका विकासशिल मुलुकमा औसतः ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । एशियाका विकसित मुलुकको भने २ दशमलव ७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । आइएमएफका अनुसार दक्षिण एशियाली राष्ट्र अन्तर्गत भारतले ८ दशमलव २, बंगलादेशले ६ दशमलव ४, श्रीलंकाले २ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।

सम्बन्धित सामग्री

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने : विश्व बैंक

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक...

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यसै साता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आइएमएफले […]

नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने आइएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण […]

आइएमएफको प्रक्षेपण : यस वर्ष नेपालको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहने

काठमाडौं :अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।यसै साता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै आइएमएफले यसअघिको शुरुवाती आर्थिक वृद्धिदर अनुमान संशोधन गरेको हो। गत जनवरीमा आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आइएमएफले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ। आइएमएफले गत जनवर

यसवर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाण्डाै - एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा...

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत

चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीले प्रक्षेपण गरेको छ ।

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब १ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ ।

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सिमित हुने एडीबीको प्रक्षेपण

काठमाडौं, असोज ६ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । यसअघि ५.१ प्रतिशत बृद्धिदर हुने अनुमान गरेकोे एडीबीले कोरोनाका कारण थला परेको अर्थतन्त्र विस्तारै लयमा फर्कदै गए पनि पर्यटन र सेवा क्षेत्रमा महामारीको असर अझै बाँकी रहेको भन्दै प्रक्षेपण संसोधन गरेको हो । स्वास्थ्य क्षेत्र, […]

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

संयुक्त राष्ट्र संघले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको वृद्धिदर माइनस ०.१ प्रतिशतमा सीमित हुने यूएनको प्रक्षेपण छ ।  नेपाल सरकारले भने चालू आर्थिक वर्ष (२०७७-७८) मा ७ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको छ भने विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चालू वर्षमा ०.६ प्रतिशत र आगामी वर्ष २.५ प्रतिशत प्रक्षेपण गरेको बेला संयुक्त राष्ट्र संघको यो प्रतिवेदन आएको हो । कारोबार दैनिकमा खबर छ ।