भद्रपुर उडेको बुद्ध एयर जहाजको टायरमा समस्यापछि आपत्कालीन अवतरण

काठमाडौं । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ । विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो । बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बाह्रखरीलाई जानकारी...