७ सय १५ वटा पालिकाको नतिजा : कांग्रेस ३ सय १४, एमाले १ सय ९३ र माओवादी १ सय २० वटामा विजयी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।  कांग्रेस दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले दुई सय ९० वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।  एमाले दोस्रोमा रहेको नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी एक सय ९३ वटा पालिकाको प्रमुख र दुई सय आठ वटा पालिकाको उप–प्रमुख...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा नतिजा

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । थापाले आधा–एक घण्टामा निर्वाचनको नतिजा आउने बताए ।

प्रतिनिधि सभाको ६५ ठाउँको नतिजा सार्वजनिक : अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटाको नतिजा सार्वजनिक भएको छ । अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी छ । प्राप्त नतिजा अनुसार कांग्रेस २५, एमाले १५, माओवादी केन्द्र र एकीकृत समाजवादी समान ६ ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ५ र राप्रपा २ वटा क्षेत्रमा विजयी भएको छ । त्यस्तै जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।  कसले कहाँ जिते : नेपाल...

५९४ पालिकाको नतिजा : कुन जिल्लामा को बलियो ?

बिहीबार मध्यरातिसम्म ३७ जिल्लाको पूर्ण नतिजा आउँदा माओवादी १२, एमाले तीन र कांग्रेस एक जिल्लामा प्रमुखविहीन एकीकृत समाजवादीले गण्डकी र लुम्बिनीमा खातासमेत खोल्न सकेन, पोखरा महानगरमा भने अग्रता कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति...

बैतडीमा मिश्रित नतिजा

मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो।...

बैतडीमा कांग्रेस र एमालेको मिश्रित नतिजा

मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, नतिजा केहीबेरमा

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणनाको अन्तिम परिणाम केहीबेरमा सार्वजनिक गरिँदैछ ।  अहिले रुजु गर्ने काम भइरहेकाले केही समयपछि अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।  खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेस अधिवेशनः अन्तिम नतिजा आज साँझसम्ममा आउने, ४० जिल्लाको सार्वजनिक

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने बताएका छन् । मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा […]