केन्द्रको बजेटमा समेटिए बागमती प्रदेशको यी योजना

हेटौंडा : संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० को  लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा बागमती प्रदेशका विभिन्न योजना समेटिएका छन्। प्रदेश सरकारले प्राथमिकतामा राखेको भनिएको योजनालाई केन्द्र सरकारले समेत बजेटको व्यवस्था गरेको बताएको हो। बागमती प्रदेशमा गठबन्धन नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रममा राखेको तीनवटा सुरुङमार्ग निर्माण कार्यक्रमका लागि केन्द्रले पनि बजेट विनियो

सम्बन्धित सामग्री

बागमती प्रदेशको मन्त्रिपरिषदद्वारा प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा बनेको कार्यदलले गएको माघ २४ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो । यसैगरी बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ […]

बागमती प्रदेशको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना

बागमती प्रदेश सरकारले पहिलो पाँच वर्ष कार्यकालका लागि ल्याएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै योजना परेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रदेश सभा बेठकमा आर्थिक वर्ष ०७९/८० को नीति...

कस्ता छन् बागमती प्रदेशको औद्योगिक योजना ?

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले आगामी वर्ष प्रदेशले प्राथमिकतामा राख्ने योजनाहरू बागमती प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।प्रदेशको नीति तथा कार्यक्रममा स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपमा आधारित लघु, घरेलु तथा साना उद्योगहरूलाई प्रोत्साहन गरिने बताइएको छ । यस्तै, प्रदेश भित्रका साना तथा मझौला उद्यमीहरूको प्रशासकीय क्षमता अभिवृद्धि गर्

बागमती प्रदेशको सुरुङमार्ग योजना, केन्द्रीय बजेटमा

हेटौँडा : बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममा राखेका तीनवटा सुरुङमार्ग निर्माण योजना केन्द्रीय सरकारको बजेटमा पनि परेको छ।संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बागमती प्रदेशका सुरुङमार्ग योजना निर्माण गरिने बताएका हुन्।उनले प्रदेश सरकारको साझा कार्यक्रममा रहेको मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग र धादिङ र चितवनलाई जोड्ने हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने

प्रनानि दिनेश पराजुली बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

नेपाल प्रहरीका नायव निरीक्षक (सई) दिनेश पराजुली बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । माघ महिनाको सर्वोत्कृष्ट घोषणा गर्दै बागमती प्रदेशका डीआईजी प्रकाशजंग कार्कीले उनलाई नगद पुरस्कार सहित सम्मान गरेका छन् ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अन्वेषण योजना शाखामा कार्यरत पराजुलीले वार्षिक कार्ययोजनाअनुसार लक्षित गतिविधिलाई प्रभावकारी कार्यान्वयन गरेको प्रदेश प्रहरीको निष्कर्ष छ ।तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेको र प्रदेश कार्यालयबाट निर्माण गरिएका योजना, कार्ययोज

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त

मकवानपुर । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । चितवन घर भएका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ […]

बागमती प्रदेशको योजना आयोगमा उपाध्यक्षसहित ३ जना नियुक्त

हेटौंडा : बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित ३ जनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित दुई सदस्यले शपथग्रहण गरेका हुन्। आयोगको उपाध्यक्षमा चितवनका डा.कृष्णराज पन्त नियुक्त भएका छन् भने सदस्यहरूमा मकवानपुरको प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन्।उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शपथग्रहण गराएका हुन्।

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनित गरेकी छन् । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेतलाइलाई चयन गरेकाे हाे ।...

बागमती प्रदेशको योजना सार्वजनिक

हेटैंडा, साउन १३ । बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो । आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ /०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले […]

बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय बजेट निर्माणको चटारोमा

मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटको तयारीलाई तिब्रता दिइएको छ ।  प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको काम मध्यभागमा आइपुगेको जनाएको छ ।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५२ अर्बको बजेट ल्याउने तयारी गरिएका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरेले बताए । चालू आवमा सुरु भएका विभिन्न योजनाहरुलाई पूर्णता प्रदान गर्न आगामी वर्षको बजेट केन्द्रीत रहने उनले बत