काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको छ।शुक्रबार बसेको पूर्ण बैठकले तत्काल नियमावली संशाेधन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो। सर्वोच्चका संचारविज्ञ किशोर पौडेलका अनुसार बार एशोसिएसनले उठाएको नियमावली संशोधन सम्बन्धी विषय बैठकमा उठे पनि तत्काल संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको हो।बैठकमा संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नगर्ने र अहिलेकै रोष्टरबाट वरिष्ठताका आधारमा इजलास गठन गर्