काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने काठमाण्डौको छाउनीमा रहेकाे वीरेन्द्र अस्पताल भवनको आज शिलान्यास गर्नुभएको छ ।नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको अस्पताल ७ सय ५० शैया क्षमताको हुनेछ । अस्पतालबाट ३० प्रकारका मेडिकल सेवा प्रदान हुने र विपद्का समयमा ६ हजारसम्मलाई उपचार गर्ने क्षमता रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।झण्डै २ सय ७ रोपनी जग्गामा निर्माण हुने अस्पतालबाट सात वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउने पनि निर्देशनालयले ...