काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपामा पुगिरहेका छन् । सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक सानेपा नपुग्दा वार्ता केहीबेर ढिलो हुन पुगेको छ। वार्तास्थल पुगेका नेता देवराज चालिसेले अन्य सबै प्रतिनिधि आइसके पनि रमेश लेखकलाई कुरिरहेको बताएका छन् । देउवाले वार्तामा खटाएका पूर्वगृहमन्त्रीसमेत रहेका लेखक सानेपा […]
काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म लम्ब्याइएको छ। यसअघि सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो। निर्धारित समयमा सबै उम्मेदवारको प्रक्रिया पूरा हुन नसक्ने देखिएपछि निर्वाचन समितिले समय थप गर्ने निर्णय गरेको जनाएको छ। संशोधित समयअनुसार अब उम्मेदवारहरूले साँझ ५ बजेसम्म […]