प्रतिज्ञा पत्र सार्वजनिक गर्दै विवेकशील साझाले भन्यो–‘परिपक्व दुई महिलालाई काठमाडौँ महानगरको जिम्मा लगाऔँ’

विवेकशील साझाले काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।कार्यक्रममा मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले विवेकशील साझाले उमेरका हिसाबले र महिला सशक्तीकरणका हिसाबले ४० वर्षमुनिको युवा महिला र ६० वर्षमाथिको अर्को महिलालाई उम्मेदवारको रूपमा अघि सारेको बताइन् । उनले महानगरका लागि दुवै जना महिला उम्मेदवार उठाएर एउटा उपलब्ध

सम्बन्धित सामग्री

रविन्द्र मिश्रको माग- नागरिकता विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस्

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका छन् । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नेपाली नागरिकता दिने व्यवस्था घातक रहेको उनको टिप्पणी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले नागरिकता विधेयकबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले विधेयकमा कतिपय प्रावधान सकारात्मक भए पनि विदेशी […]

‘३६४ दिन गाली गर्छौं, चुनावमा त्यही व्यक्तिलाई भोट हाल्छौँ’

काठमाडौँ : देशको राजधानी काठमाडौँ राजनीतिको पनि केन्द्र हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ। यसैले पनि यहाँको नेतृत्वमा कसलाई चुन्ने भन्नेमा दलहरूबीच रस्साकस्सी चलिरहेको छ। सबैभन्दा पहिला आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पार्टीले मेयर र उपमेयरमा दुवै  महिलालाई अघि सारेको छ। मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार छन्। मेयरकी उम्मेदवार उनै बाँस्कोटासँग थाहा सञ्चार नेटवर्कका जगत भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :तपाई अ

काठमाडौंको महानगरमा विवेकशील साझाको दाबीः बास्कोटा मेयर, तुलाधर उपमेयर

काठमाडौं, चैत २९ । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनर्स्थापित गरौँ” नाराका साथ दुईजना महिला उमेदवारलाई अघि सारिएको छ । पार्टीको केन्द्रीय […]

काठमाडौंको मेयर र उपमेयरमा दुई महिला हस्तीको उम्मेदवारी

आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले आज एक विज्ञप्ति जारी गरी मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको जानकारी दिइएको हो । विज्ञप्ति अनुसार पार्टीको आजै बसेको केन्द्रीय कार्य …