काठमाडौँ : देशको राजधानी काठमाडौँ राजनीतिको पनि केन्द्र हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुँदैछ। यसैले पनि यहाँको नेतृत्वमा कसलाई चुन्ने भन्नेमा दलहरूबीच रस्साकस्सी चलिरहेको छ। सबैभन्दा पहिला आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पार्टीले मेयर र उपमेयरमा दुवै महिलालाई अघि सारेको छ। मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार छन्। मेयरकी उम्मेदवार उनै बाँस्कोटासँग थाहा सञ्चार नेटवर्कका जगत भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :तपाई अ