आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ । त्यसअघि असार २३ गतेभित्र हालसम्म भएका बहस नोट बुझाउन अदालतले आदेश दिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त विरुद्ध एआईजीपी विश्वराज पोखरेलले मुद्दाको सुनुवाइ सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हुँदै आए