प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिट निवेदन पक्षको बहस सकिएपछि सोमाबारदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो ।
बहस महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट साढे सात घण्टा गर्ने तयारी गरिएको छ। शेर बहादुर देउवा निवेदक रहेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विघटित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटालाई विपक्षी(प्रतिवादी) बनाइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा गठित संवैधानिक इजलासमा...