अक्सिजन खपत गर्ने उद्योग बन्द गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन खपत गर्ने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

आवश्यक स्थानमा अक्सिजन पठाउँदै प्रदेश १

विराटनगर । अक्सिजनको अभाव भएर कोरोना संक्रमितले ज्यान गुमाइरहेका बेला प्रदेश १ बाट मुलुकका अन्य स्थानमा अक्सिजन पठाउन थालिएको छ । मोरङ र सुनसरी प्रशासनको समन्वयमा आवश्यकता र प्राथमिकताका आधारमा अक्सिजन पठाउन थालिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेशमा अहिले अक्सिजन अभाव नरहेको बताए । प्रदेशमा आवश्यकताभन्दा बढी नै उत्पादन भइरहेकाले अति अभाव रहेका अन्य स्थानमा पठाउन सहज भएको उनको भनाइ छ । अक्सिजन आवश्यक पर्ने गम्भीर प्रकृतिका संक्रमितको अकालमै ज्यान गइरहेको अवस्थालाई रोक्ने प्रयास स्वरूप अक्सिजन पठाउने काम भइरहेको निरौलाले बताए । उनका अनुसार यसअघि सामान्य अवस्थामा सिरहा, सप्तरी, धनुषा लगायतसम्म प्रदेश १ बाट अक्सिजन जाने गरेको थियो । तर अहिले कोरोनाका कारण सबैतिर अक्सिजनको हाहाकार हुँदा भैरहवा, डँडेलधुरा, काठमाडौं, मकवानपुर, दाङलगायत स्थानलाई पनि प्रदेश १ मा रहेका उद्योगले भरथेग गनुपर्ने अवस्था आएको प्रजिअ निरौलाको भनाइ छ । माग भएका स्थानबाट खाली सिलिन्डर ल्याइएपछि मोरङ र सुनसरीमा रहेका उद्योगले भरेर पठाउने गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले स्थल र हवाई मार्गबाट धमाधम अक्सिजन पठाउने काम भइरहेको बताए । नेपाली सेनाको स्काई ट्रकको प्रयोग गरेर अक्सिजन पठाउने गरिएको छ । सेनाको जहाजबाट शनिवार पनि दुईपटक भैरहवामा अक्सिजन लगिएको छ भने ढुवानीका अन्य साधनको प्रयोग गरेर स्थलमार्ग हुँदै ५९२ सिलिन्डर बाहिर पठाइएको छ । एसपी खड्काले अक्सिजनको अभाव खड्किएका बेला प्रदेश १ ले ठूलो योगदान गरिरहेको बताए । एक साताको अवधिमा सुनसरीबाट २ हजारभन्दा बढी सिलिन्डर अक्सिजन बाहिर पठाइसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । संक्रमण तीव्र रूपमा फैलिएर अक्सिजनको माग बढ्दा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएकाले आवश्यकता परेका स्थानमा पठाउन थालिएको उनको भनाइ छ । मोरङमा दुई र सुनसरीमा तीनओटा अक्सिजन उद्योग छन् । सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन् । प्रदेश १ मा भने अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म अक्सिजन खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । अक्सिजनमा प्रदेश आत्मनिर्भर रहेको उनको भनाइ  छ । यसैबीच, संघीय राजधानीमा अक्सिजनको कमी हुन थालेपछि नेपाली सेनाको जहाजले खाली सिलिण्डर विराटनगर विमानस्थलसम्म ल्याउने र सुनसरी मोरङमा रहेका अक्सिजन प्लान्टबाट अक्सिजन भरेर राजधानी लैजान थालेको छ । नेपाली सेनाले वैशाख २९ गतेदेखि त्यसरी अक्सिजन सिलिण्डर भरेर राजधानी लैजान थालेको हो । पहिलोपटक संखुवासभाबाट संकलन गरिएका १५० थान अक्सिजन सिलिण्डर सुनसरीका हिमाल, मारुती र दुर्गा अक्सिजन प्लान्टमा भरेर ट्रक मार्फत राजधानी पठाइएको थियो । त्यसैगरी वैशाख ३० गते ६० ओटा खाली सिलिण्डर विनायक अक्सिजन प्लान्टमा भरेर भैरव गण मोरङले राजधानी पठाएको थियो । ३१ वैशाखमा कृष्णदल गणले जहाजबाट आएका ६० ओटा अक्सिजन सिलिण्डर सुनसरीको पाथीभरा अक्सिजन प्लान्टमा भरेर राजधानी पठाएको थियो । जेठ १ गते ६० ओटा सिलिण्डर भरेर सेनाको जहाजमार्फत भैरहवा लगिएको सैनिक स्रोतले बताएको छ ।

अक्सिजन खपत गर्ने उद्योग सञ्चालन गरेमा कारबाही

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेको महामारीमा अक्सिजन खपत गर्ने उद्योग सञ्चालन गरेमा कारबाही गर्ने भएको छ । अनुगमनका क्रममा मन्त्रालयको निर्णयविपरीत अक्सिजन खपत हुने उद्योगहरु चलाइएको पाइएकाले कारबाहीको चेतावनी दिएको हो । त्यस्तै, अनुगमनका क्रममा खाली सिलिन्डर सप्लायर्स तथा उद्योगमा भन्डारण गरेर राखिएको पाइएकाले तुरुन्त अक्सिजन भरी अस्पतालहरुमा पठाउन...