लिम्बू समुदायमा निशान नचाउँदै मौलो काट्ने परम्परा

धनकुटा : लिम्बू समुदायमा निशान नचाउँदै हर्षोल्लासका साथ मौलो काट्ने परम्परा कायम छ। तत्कालीन लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडादशैंको नवमीका दिन निशान निकाल्ने परम्परा छ।पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायले ह बडादशैंको नवमीको दिन निशान निकाली मौलो काट्दै आएका छन। यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ। यसरी लिम्बूहरूसँग पुराना हात हतियारसहितको निशान हुनु भनेको परापूर्वकालदेखि उनीहरू लडाकु भएको प्रमाण रहेको डा. कमल तिगेलाको दाबी छ। तिगेलाका अनुसार परापूर्वकाल थिबोङ या

सम्बन्धित सामग्री

लिम्बू समुदायको दशैं मान्ने परम्परा लोपहुँदै

फुङ्लिङ । विगतका वर्षहरूमा लिम्बू समुदायको दशैं मार हन्ने र धुमधामसँग दशैं मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरू भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैंमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दशैं मान्ने परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दशैं परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोप भएसँगै लिम्बूहरूको दशैं मान्ने संस्कृति पनि लोपहुँदै गएको हो । आधुनिकतासँगै पुरानो परम्परालाई पछिल्ला पुस्ताले निरन्तरता नदिँदा तथा धार्मिक निरपेक्षता र स्वतन्त्रताको विषयमा बहस सुुरु हुन थालेपछि निश्चित समुदाय साथै धर्मविशेष चाडपर्वका रूपमा हेरिन थालिएकाले पनि परम्परागत संस्कार, संस्कृति र चलन हराउँदै जान थालेको पाइएको छ । लिम्बू समुदायले सांस्कृतिक सद्भावका रूपमा भने दशैंपर्व मनाउने गरेको पाइन्छ । हालधर्म विशेष संस्कार वा चाडपर्व आपसी सद्भावतथा सहिष्णुता कायम गर्नका लागि फरक–फरक धर्मावलम्बीले पनि साथ दिने अर्थात् मनाउने गरेका छन् । गैर हिन्दू अर्थात् फरक धर्मावलम्बीका समुदायले त्यस्ता चाडपर्व मनाउने गर्नाले कतिपय पर्व साझा जस्तै पनि बन्दै गएको देखिन्छ । तर, पुरानो प्रचलनमा भन्दा पनि आधुनिक ढाँचा र शैलीमा त्यस्ता चाडपर्व मनाउने गरिएको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत जिल्लामा बसोबास गर्ने लिम्बू समूदायले दशैं पर्व दहीअक्षताको सेतो टीका र जमरा लगाएर मनाउने गरेका छन् । सुब्बाको प्रतीक स्वरुप निशान प्रदर्शनसमेत गर्ने गरेका छन् । पहिले–पहिले भव्यरूपमा सेतो टीका जमरा लगाउनुका साथै निशान प्रदर्शन गरेर र मार काटेर दशैं पर्व मनाउने गरेका लिम्बू समुदायले अहिले त्यो प्रचलन छोड्दै लगेका छन् । हाल सांस्कृतिक सद्भावका रूपमा मात्र दशैं मनाउँदै आएको लिम्बू समुदायका बौद्धिक तथा अगुवाको भनाइ छ । आधुनिकतासँगै हाल लिम्बू समुदायले मनाउँदै ल्याएको दशैंपर्व टीकाको दिन आफूभन्दा सानालाई दहीअक्षताको सेतो टीका लगाई आशिर्वाद दिने साथै आफ्नो गच्छेअनुसार दक्षिणा दिने चलन छ । यसरी आफन्त, नातेदार तथा परिवारका सदस्य जुटेर दशैंपर्व मनाउने गरिए पनि लिम्बू समुदायका अगुवाले दशैं सामाजिक तथा सांस्कृतिक सद्भावका लागि मात्र मनाउँदै आएको बताउँछन् । किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले राजा पृथ्वीनारायण शाहका पालामा राज्य एकीकरणसँगै धार्मिक एकीकरणका निम्ति सबै समुदायलाई दशैं मनाउन र टीका लगाउन बाध्य बनाइएको बताउनुभयो । राज्य एकीकरणका क्रममा लिम्बू सुब्बालाई नगरा, निशान, किपोट, सुभाङ्गीजस्ता अधिकार दिइएको र दशैं नमनाए सबै जिम्मा वाल अर्थात् अधिकार खोसिने भनेपछि लिम्बूले बाध्य भएर दशैंमा टीका लगाएको इतिहास भएको पालुङ्वा बताउनुहुन्छ । शुरूमा राँगा, बाख्राजस्ता चौपायाको मार काट्ने (बलिदिने) संस्कारसँगै रगतले मुछिएको रातो लगाउने चलन रहँदै आएकोमा राज्यको विकास क्रमसँगैपछि अधिकार क्रमशः खोसिँदै लगिएपछि लिम्बू समुदायले सेतो टीका लगाउन थालेको पनि अग्रजहरू बताउँछन् । लिम्बूलाई शुरूमा दिइएको अधिकार खोसिएपछि सो इतिहासको सम्झानास्वरुप अहिले लिम्बूले दहीअक्षताको सेतो टीका लगाउन थालेको अग्रजको भनाइ छ । लिम्बू किरात समुदायको चाड नभए पनि सांस्कृतिक सद्भावकै लागि दशैं मनाउँदै आएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बो लिम्बूले बताउनुभयो । पछिल्लो समय लिम्बू समुदायमा चेतनाको विकास हुँदै गएपछि दशैंमा सेतो टीका र जमरा लगाउने तथा पञ्चा बलि गर्ने चलन अधिकांशले छोड्दै गएका लिम्बूको भनाइ छ ।

लिम्बु समुदायमा मौलो काट्ने परम्परा अझै कायम

तेह्रथुम । लिम्बु समुदायहरुले निशान निकालेर हर्षाेल्लासका साथ मौलो काट्ने परम्परा अझै पनि कायम रहँदै आएको छ । पूर्वी लिम्बुवानको तेह्रथुम, धनकुटा र पाँचथरमा हरेक वर्ष बडा दशैंको नवमीका दिन निशान निकाल्ने परम्परा रहेकाे छ । खासगरी पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायमा हरेक वर्ष बडा दशैंको नवमीका दिन निशान निकाली मौलो काट्ने गर्दै […]

निशान नचाउँदै लिम्बुहरुले मौलो काटे

तेह्रथुम, असोज २८ । तेह्रथुम सहितका पूर्वी जिल्लाहरुमा लिम्बु समुदायमा मनाईने मौलो काट्ने पर्व मनाईएको छ । पूर्वका जिल्लाहरुमा हरेक वर्ष वडा दशैंको नवमीका दिन निशान नचाउँदै हर्षउल्लासका साथ मौलो काट्ने परम्परा मनाउने गरीन्छ । नवमीको दिन निशान बाहिर निकाली पूजा बिहीबार गरी प्रदर्शन गर्ने गरीन्छ । पुजापछि पुन कोतघरमा लगेर लुकाउने चलन छ ।

नाजिर र अनुको ‘सरला’

विकास सुवेदीको निर्देशनमा तयार भएको ‘सरला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द, निशान भट्टराइको स्वर र सुवास भुषालको संगीत यो गीतमा छ । मधेसी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडालाई …