धनगढी : सुदूरपश्चिममा २०७७ चैत ४ गते स्थापना भएको प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्नका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको छ। अहिले विज्ञापन खोल्न आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार लोकसेवा आयोग नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड र पदाधिकारी, कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको आयोगले जनाएको छ।आयोगको कार्यालयले गत असार २५ गते नै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भने पनि हालस