२ अर्ब लगानीमा इटहरीमा खुल्यो ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’

३ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ प्रमुख अनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यसअघि होटल […]

सम्बन्धित सामग्री

होटल इच्छामा सिटिजन्स बैंकका ग्राहकलाई १० प्रतिशत छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल (Citizens Bank International) र बाराको सिमरास्थित ५ तारे होटल ‘इच्छा प्रालि’बीच बैंकका कार्डवाहकलाई छूट (Discount) दिनेसम्बन्धी सम्झौता भएको छ ।  सो सम्झौतापश्चात बैंकका कार्डवाहकले होटल इच्छामा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।  डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताइएको छ ।

रियलस्टेटको बद्लिँदो ट्रेण्डः अपार्टमेन्ट परिसरमै तारे होटल र सपिङ कम्प्लेक्स

रियलस्टेटमा देश अनुसार आ–आफ्ना ट्रेण्ड छन् । विश्वका ठूला शहरहरुमा स्थापित भईसकेका ट्रेण्ड क्रमशः अरु देशका शहरहरुमा पनि फैलिन्छन् । अपार्टमेन्ट, त्यहीँ परिसरमा स्टार होटल र सोही कम्पाउण्डभित्र सपिङ मल तथा कम्प्लेस सहितको रियलस्टेटको ट्रेण्ड विश्वका ठूला शहरमा स्थापित ट्रेण्ड हो । तर, यो अभ्यास भने नेपालमा बल्ल सुरु भएको छ । कहाँ कहाँ हुँदैछ यस्तो फ्यूजन ?अहिले आईरहेका नयाँ रियलस्टेट परियोजनामा अपार्टमेन्टसँगै स्टार होटल र सपिङ मल पनि सँगै छन् । अपार्टमेन्टमा बस्ने व्यक्तिहरुले नजिकै गएर खाना खान चाहे वा कुनै बस्तु खरिद गर्न चाहे टाढा जानुपर्ने बाध्यता हटाउन यस्ता परियोजनाले निकै सघाउ पुग्ने देखिन्छ ।कुपण्डोल हाईटस्थित समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट सहितको पाँच तारे होटल बन्दैछ । कर्मा समूहले महाराजगञ्जको काठमाडौँ भ्याली पब्लिक स्कुल जग्गामा अपार्टमेन्टसहित पाँच तारे होटल बनाउँदैछ । चाबहिलको गोपीकृष्ण हल भत्काएर पाँच तारे होटल र सपिङ कम्प्लेक्स निर्माणको काम सुरु भएको छ । मोतिलाल दुगडले बिराटनगरमा सपिङ मल, मल्टिप्लेक्स र पार्क सहितको ५ तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पोखराका व्यवसायी विप्लव पौडेलले कान्तिपथमा बनाएको विशाल भवनमा तलका २ तलामा सपिङ कम्प्लेक्स र माथिका तलामा होटल चलाउँदैछन् । सपिङ कम्प्लेक्सको बुकिङ पनि सुरु भईसकेको छ ।गोल्यान समूहले ताहचलमा अपार्टमेन्ट सहितको पाँच तारे ‘होटल ह्यात प्लेस’ सञ्चालनमा ल्याइसकेको छ । ठमेलस्थित छायाँ सेन्टरमा पनि पाँच तारे होटल र सपिङ कम्पलेक्स छ । यसरी पाँचतारे होटल, अपार्टमेन्ट र सपिङ कम्प्लेक्सको फ्यूजन गरिएका परियोजना निर्माणको क्रम तीव्र रहेको छ । कोभिडपछि मौलाएको मोडलभूकम्पका कारण अपार्टमेन्टको विकास र यहाँ बस्ने मान्छे कम हुँदै गएका थिए । तर, अहिले विस्तारै बढ्दै छन् । कोरोना सुरु हुनु अघिसम्म यस्ता परियोजनामा अपार्टमेन्ट मात्रै थिए । तर, अपार्टमेन्टले मात्रै लगानीको प्रतिफल दिन नसक्ने भएपछि ठूला लगानीकर्ताहरु अपार्टमेन्टमा सपिङ कम्पलेक्स र तारे होटल पनि जोड्न कस्सिकएका हुन् । होटल चलाएर त्यहाँबाट नाफा कमाउन कम्तीमा १० वर्ष लाग्ने भएकाले अपार्टमेन्ट बनाएर बिक्री गरी होटल पनि बनाउँदा होटल सुरुदेखि नै ऋण नलिई चलाउन सकिने भएकाले कोरोना पश्चात नेपालमा यो मोडल फस्टाउँदो देखिएको अपार्टमेन्ट डेभलपर्सहरु बताउँछन् ।

सोल्टी होटलको कार्यकारी अध्यक्षमा बिष्ट पुनर्निर्वाचित

काठमाडौं- ५ तारे होटल सोल्टी क्राउन प्लाजाको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट पुन निर्वाचित भएका छन्। सोल्टीको ४७ औँ वार्षिक साधारण सभाले विष्टको अध्यक्षतामा नयाँ बोर्ड निर्वाचित गरेको हो। वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट भएको थियो। संस्थापक सेयर होल्डर भने भौतिकरुपमा उपस्थित थिए। साधारण सभाले ९ सदस्यीय बोर्ड अफ डिरेक्टर चयन गरेको हो। बोर्डमा संस्थापक सेयर […]

काठमाडौँमा खुल्यो ५ सय करोड लगानीको ५ तारे होटल ‘हायात प्लेस’

अमेरिकी चेन होटल ब्राण्ड हायात प्लेस काठमाडौँमा खुलेको छ । गोल्यान समूहको लगानीमा सोल्टी मोडमा खुलेको होटल हायात प्लेसले औपचारिक सेवाको सुरुवात भने कार्तिक २९ गते हरिबोधनी एकादशीको दिनबाट गर्नेछ ।६९ देशका ३८५ गन्तव्यमा हायात प्लेसका १ हजार होटल छन् । काठमाडौँमा पवन गोल्यान नेतृत्वको गोल्यान समूहले १५३ कोठासहितको होटल सञ्चालनमा ल्याएको हो । २४ सैँ घण्टा सेवा उपलब्ध हुने दाबी गरिएको यो होटलमा १५० कर्मचारी छन् । सम्पूर्ण व्यवस्थापनको जिम्मा हायातले लिएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा सँगै अपार्टमेन्ट पनि छ । तर, अपार्टमेन्टमा भने गोल्यान परिवार मात्रै बस्दै आएको छ । बिक्रि गर्ने ४ युनिट अपार्टमेन्ट मात्रै भएकाले अहिले यसको सञ्चालन मोडल तयार भईनसकेको पवन गोल्यान बताउँछन् । ५ तारे यो होटलमा ३ वटा ‘स्वीट्स रुम’ छन्, ८ वटा ‘टियरेष्ट रुम’ छन् । ह्यात ब्राण्डकै ‘सेलेक्ट सर्भिस’ उपलब्ध गराउने यो होटलमा निकट भविष्यमा क्यासिनो पनि राख्ने योजना रहेको पवन गोल्यानका भतिजसमेत रहेका होटलका अध्यक्ष शक्ति गोल्यानले बताए । भूकम्पअघि २ वटै टावरलाई अपार्टमेन्टकै लागि बनाईएको भएपनि भूकम्पपछि भने उनै शक्ति गोल्यानको योजनामा एउटा टावरलाई होटलमा परिणत गरिएको हो । फिटनेश सेन्टर, बार, लाउन्ज, स्वीमिङसहित ५ तारे होटलमा हुनुपर्ने सबै मापदण्ड पूरा भएको यो होटलको ‘टप फ्लोर’बाट स्वयम्भू, विभिन्न हिमाल र काठमाडौँ वरिपरीका डाँडाका थुम्काहरुको दृश्यावलोकन गर्न सकिन्छ । बिहानको सुर्योदय र साँझको सुर्यास्तको दृश्य निकै मनमोहक देखिन्छ ।नेपालमा पर्यटनको अथाहा सम्भावना भएकाले विदेशबाट आउने पर्यटकलाई लक्षित गरी उत्कृष्ट सेवा दिने लक्ष्यसहित होटल सञ्चालनमा ल्याईएको व्यवस्थापन पक्षको भनाई छ । होटलमा ५ सय करोड लगानी छ ।

५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु ...

गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट

गरिमा विकास बैंक Garima Bikas Bank Limited  का ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट पाउने भएका छन्  । बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट पाउनसक्ने बैंकले जनाएको छ ।

यी हुन् नेपालमा बन्न लागेका पाँचतारे होटल

काठमाडौं । सन् २०२० भित्र नेपालमा ५ तारे होटलको संख्या २० पुग्ने भएको छ । अहिले १० वटा ५ तारे होटल रहेकोमा थप १०

फूलबारी रिसोर्ट चार महिनादेखि बन्द  - Karobar National Economic Daily

पोखराः मजदुर आन्दोलनका कारण पोखराको फूलबारी रिसोर्ट ४ महिनादेखि ठप्प छ । पर्यटकीय नगरी पोखरामा रहेको मुलुककै सबैभन्दा ठूलो लगानीको ५ तारे होटल लामो समयदेखि बन्द हुँदा मुलुकको पर्यटन क्षेत्रका…