गरिमा विकास बैंक Garima Bikas Bank Limited का ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट पाउने भएका छन् । बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट पाउनसक्ने बैंकले जनाएको छ ।