इलाम : आगामी वैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ। पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेशसभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। खनालले थाहाखबरसँग भने, 'इलाममा हामीले जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई पार्टीको तर्फबाट उम्मेदवारी बनाउने निर्णय गरेका छौँ।'राई यसअघि पहिलो स्थानीय निर्वाचनमा माईजोगमाई गाउँपालिका अध्यक्