धरान एयरपोर्ट जग्गा विवाद: फिर्ता माग्दैमा दिन सकिँदैन : यती इन्कर्पोरेट
विमानस्थल नबन्ने भएपछि जग्गा फिर्ता दिनुपर्ने माग गरिरहेका पुराना जग्गाधनीलाई यती इन्कर्पोरेट प्रालिले अदालत जान चुनौती दिएको छ । विमानस्थल निर्माणका लागि कम्पनीले दुई दशकअघि धरान-१७ डाँडा घोपामा २४ जनासँग ६ बिघा ४ धुर जग्गा खरिद गरेको थियो ।